शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
काठमाण्डौ । साताको पहिलो कारोबारमा आजका शीर्ष १० ब्रोकरहरुमध्ये ७ वटा ब्रोकरबाट उच्च खरिद भयो छ भने ३ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक कारोबार भएको छ । यो ब्रोकरबाट आज करिब ५९ करोडको खरिद र ६६ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४९ करोडको खरिद र ४१ करोडको बिक्री भएको छ ।

