रसुवागढी हाईड्रोपावरको साधारण सभाको मिति र स्थान परिवर्तन
काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभाको मिति र स्थान परिवर्तन गरेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले १० औं र ११ औं साधारण सभाको मिति र स्थान परिवर्तन गरेको हो । उक्त सभा अब आगामी असार ३० गते काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुनेछ । यसअघि उक्त सभाहरु असार ११ गते काठमाण्डौको...

