नेशनल लघुवित्तको ७.५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आव २०७९÷८० का लागि पारित गरेको बोनस सेयर सेयरधनीहरुको हितग्राही(डिम्याट) खातामा जम्मा गरेको छ । संस्थाले गत चैत १६ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट पारित भएको ७.५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसएसीमा सूचीकृत...

