नेप्सेको चार्टमा बुलिस इन्गल्फिङ प्याट्रन, प्राविधिक रुपमा अबको बजार कस्तो ?
काठमाण्डौ । अघिल्लो दिन ओरालो लागेको सेयर बजारमा आज ७० अंकले बढेर २३१० विन्दुमा बन्द भएको छ । योसँगै अघिल्लो कारोबारमा बनेको शुटिङ स्टार आज इन्भ्यालिड बनेको छ । यदि बजार आज २२३२ विन्दुभन्दा तल झर्यो भने अघिल्लो दिन बनको शुटिङ स्टार आज भ्यालिड हुने थियो । तर यस विपरित आज बजार शुटिङ स्टारको उच्च विन्दु २२९० विन्दुभन्दा माथि लागेर आज बजारले इन्ट्री कन्फर्मेसन दिएको छ ।

