२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ८३ लाख ५७ हजार ८६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ भने ३ समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक...

