मैलुङ खोला जलविद्युतको सेयर कारोबार फुकुवा
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको छ । नेप्सेले गत चैत ८ गतेदेखि कम्पनीको धितोपत्र कारोबार रोक्का राखेको थियो । कम्पनीले लाभांश घोषणाको जानकारी नेप्सेमा कारोबारको समय ११ः१७ बजे नट्समार्फत दिएको भन्दै धितोपत्र कारोबार स्थगन गरेको थियो ।

