१५.७८९५% लाभांश पारित गर्दै माउन्टेन इनर्जीको साधारण सभा सम्पन्न
काठमाण्डौ । लाभांशको अजेण्डा पारित गर्दै माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । चैत १३ गते कम्पनीको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त सभाबाट गत आवका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।

