भाटभटेनीको चुच्चेपाटीमा फेला परेका ६ शव कर्मचारीको होइन, चोरी गर्न पुगेकाको हुनसक्छ !
काठमाण्डा । भाटभटेनी सुपरमार्केटको चावहिल चुच्चेपाटीस्थित आगजनीले ध्वस्त आउटलेटमा ६ जनाको शव फेला परेको छ । भाटभटेनीको सो आउटलेटबाट आज बिहानसम्म पनि धूँवा आइरहेको छ । यसको अर्थ अझै पनि त्यहाँको आगजनी पूर्ण रुपमा नियन्त्रण भइसकेको छैन । आगजनी राजी रहेको स्टोरको भित्री भागबाटै ६ जनाको शव फेला परेपछि त्यसको सनाखतका लागि प्रहरीले अनुसन्धान थालेको छ ।

