संविधानको धारा ७७(३) अनुसार प्रचण्ड सरकारलाई कामचलाउको जिम्मा
काठमाण्डौ । राष्ट्रपति कार्यालयले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल नेतृत्वकै सरकारले कामचलाउको रुपमा काम गर्ने प्रष्ट पारेको छ । प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति कार्यालयले सरकार कामचलाउ भएको जानकारी दिएकी हुन् ।

