सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
TRENDING
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । म्यान्मारमा आएको भुकम्पका कारण थाईल्याण्ड स्टक एक्सचेञ्जको कारोबार स्थगित गरिएको छ । छिमेकी मुलुक म्यान्मारमा शुक्रबार आएको शक्तिशाली भुकम्पका कारण दिउँसोको कारोबार सत्र बन्द गरिएको हो । भुकम्प आएसँगै आजको कारोबारका सम्पूर्ण गतिविधिहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको थाईल्याण्ड स्टक एक्सचेञ्जको वेबसाइटमा उल्लेख गरिएको छ ।
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २ हजार ६६९.३१ अंकमा बन्द भएको बजार यो साता २ हजार ६६३.३ विन्दुमा बन्द भएको थियो । यस हिसाबले यो साता बजार ६.०१ अंकले घट्यो । अघिल्लो साता भने बजार ६७.१७ अंकले घटेको थियो । यो साता दोस्रो बजारमा ५ दिन...
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । सेयर बजारमा हुने तीव्र उतारचढावको बेला सन्तुलित बनाउने भूमिका खेल्ने गरी स्थापना गरिएको नागरिक स्टक डिलरमा निश्चित व्यक्ति र समूहको हालमुहाली चलिरहेको छ । नागरिक स्टक डिलर नागरिक लगानी कोषको बहुस्वामित्वमा स्थापित कम्पनी हो । धितोपत्र बजारमा लगानी गर्ने र बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले स्टक डिलर कम्पनी खुले पनि यसले मुख्य भूमिका...
काठमाण्डौ । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘एमबीएल ईक्विटी फण्ड’ को इकाई बाँडफाँड गरिएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको यो योजना’को इकाई चैत १४ गतेका दिन बाँडफाँड गरिएको हो ।
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले आव २०८०÷८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ५.७५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता १ हजार ३४७.४५ रुपैयाँ कायम भएको छ । आइतबारको कारोबारबाट यहि मूल्यमा आधारमा बैंकको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि...
काठमाण्डौ । अघिल्लो दिन बढेको बजारले आज पनि निरन्तरता पाएको छ । आज पनि बजारमा दिनभर बढेर कारोबार भएको थियो । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा पछिल्लोपटक बजारले २०० दिनको मूभिङ एभरेजमा सपोर्ट लिएर फर्केको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डबाट फर्केर मध्य ब्याण्डतर्फ आकर्षित भएको छ । अब बजारले मध्य...
काठमाण्डौ । वेष्ट फाइनान्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फ ५१.४२ प्रतिशत र सर्वसाधारण समूहतर्फको ४८.५८ प्रतिशत हुनेगरी सेयर संरचना परिवर्तन गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक२८ करोड ३२ लाखको खरिद भएको छ भने २६ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १७ करोड ७६ लाखको खरिद भएको छ भने २३ करोड २० लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २१ करोड १५ लाखको खरिद भएको छ भने १८...
काठमाण्डौ । ब्रोकरहरुकै आग्रहमा धितोपत्र बोर्डले ब्रोकरहरुको मर्जरसम्बन्धी निर्देशिका पारित गरेको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार बुधबारको बोर्ड बैठकले उक्त निर्देशिका पारित गरेको हो । यससँगै अब केही दिनमा माइन्यूट तयार भएपछि निर्देशिकाको पूर्ण विवरण सार्वजनिक हुनेछ । पछिल्लोपटक तेस्रो चरणमा अनुमति पाएका नयाँ ब्रोकरहरुले २० करोड पूँजी...
काठमाण्डौ । चर्चित सेयर ब्रोकर कम्पनी अनलाइन सेक्युरिटिजका सञ्चालक तथा अध्यक्ष अनन्त पौडेलको ४२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित उनको बिहीबार बिहान काठमाण्डौस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.५८ प्रतिशत अर्थात ४१.४३ अंकले बढेर २ हजार ६६३.३० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३५ प्रतिशतले बढेर ४४६.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर ५ अर्ब २२...
काठमाण्डौ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको रिट खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, र डा।मनोजकुमार शर्माको संवैधानिक इजलासले बुधवार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको रिट खारेज गरेको थियो । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न अधिवक्ता कृष्णबहादुर थापा...
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो । बैठकले आव २०८०/०८१ को लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष उक्त वित्तीय विवरण स्वीकृतिको...
काठमाण्डौ । वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रुपमा नियुक्त गरेको छ । यस सहकार्य वृजहिमालयन स्प्रिङ प्राइभेटको निम्ति प्रिमियम पिउने पानि उद्योगमा एक स्थापित ब्राण्ड बनाइ व्यवसायको वृद्धि, विस्तार तथा विकासको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि एक महत्वपूर्ण कदम रहेको कम्पनीले...
काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी निर्मला राजभण्डारीको स्वामित्वमा रहेको २ हजार ५०६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.