२६ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा सलिको मात्रै
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.४८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५१ प्रतिशतले घटेको छ ।...

