शनिबार, बैशाख २६,२०८३ 02:17:22
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 02:17:22
मध्य भोटेकोशीको ५.१३ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने
Capital Market

मध्य भोटेकोशीको ५.१३ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने

काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि आगामी कात्तिकमा समाप्त हुने भएको छ । कम्पनीको ५ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ११ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरु, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरु, आयोजना...

हिमालयन लाइफ इन्स्योरेन्सको ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

हिमालयन लाइफ इन्स्योरेन्सको ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७९ हजार ३२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यी २ कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी २ कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेप्सेमा सूचीकृत २ वटा कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स। एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ माण्डु हाईड्रोपावरले लाभांश वितरणका लागि भदौ ११ गते बुक क्लोज गर्दैछ ।  यस्तै साहस उर्जा असोज १३ गते  बुक क्लोज गर्दैछ ।...

करिब ५० अंकले बढेको बजारमा भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?
Capital Market

करिब ५० अंकले बढेको बजारमा भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब ५० अंकले बढेर बन्द भएको छ । तर बजार बढ्दा भने कारोबार खासै बढेको छैन । बजार बढ्दा कारोबार नबढ्नुलाई केही लगानीकर्ताहरुले शंकाको दृष्टिले हेरेका छन भने कहीले स्वभाविक रुपमा पनि लिएका छन् ।  प्राविधिक  रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा ब्याण्डको तल्लो ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ ।...

कृत्रिम नाफा देखाएको फेला परेपछि अपि पावरको लाभांश विद्युत नियमन आयोगद्वारा अस्वीकृत
Capital Market

कृत्रिम नाफा देखाएको फेला परेपछि अपि पावरको लाभांश विद्युत नियमन आयोगद्वारा अस्वीकृत

काठमाण्डौ । कृत्रिम नाफा देखाएर राम्रो इपीएस भएको वित्तीय विवरण प्रस्तुत गर्दै दोश्रो बजार मूल्य बढाएर बजारमा चलखेल गर्न खोज्ने अपी पावर कम्पनीले प्रस्ताव गरेको लाभांश रोकिएको छ ।  विद्युत नियमन आयोगले हुँदै नभएको नाफा देखाएर बोनस सेयर वितरण गर्न खोजेको र हिसाबकिताबमा कैफियत देखिएको भन्दै प्रस्तावित लाभांश वितरण गर्न अनुमति नदिने निर्णय गरेको हो । 

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटा ब्रोकरबाट नै बिक्री भएको छ ।  आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक अर्थात ३२ करोड २२ लाखको खरिद भएको छ भने ३१ करोड २९ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २२ करोड ४९ लाखको खरिद र १९ करोड १७ लाखको बिक्री भएको छ । 

सेयर बजार कसले घटाउने/बढाउने गर्छन ? प्राविधिक विश्लेषक कति जिम्मेवार ?
Capital Market

सेयर बजार कसले घटाउने/बढाउने गर्छन ? प्राविधिक विश्लेषक कति जिम्मेवार ?

काठमाण्डौ । सेयर बजार कहिल्यै एकनाश हुँदैन । उचारचढाव हुने यसको प्रवृत्ति नै हो । बजार नियामकले एक दिनमा कति प्रतिशतसम्म उतारचढाव हुने भनेर निर्धारण गरेको हुन्छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)को नियमानुसार नेप्से परिसूचक एक दिनमा ६ प्रतिशत भन्दा बढीले तल माथि हुन पाउँदैन । यदि ६ प्रतिशतले बढेमा पोजेटिभ सर्किट ब्रेकर र ६ प्रतिशतले नै  घटेमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार...

नेप्सेमा ७४.३९ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ७४.३९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नागरिक लगानी कोषको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १४ प्रतिशत अर्थात ७४ लाख ३९ हजार २५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले आव २०७९/८० का लागि १४ प्रतिशत बोनस सेयर र ०७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो । 

भारतको सेयर बजार बुल रनमा, लगातार ६ दिन अल टाइम हाई कायम
Capital Market

भारतको सेयर बजार बुल रनमा, लगातार ६ दिन अल टाइम हाई कायम

काठमाण्डौ । भारतको सेयर बजार लागातार ६ दिन नयाँ उचाईमा प्ुगेको छ । आज भारतको सेयर बजार सेन्सेक्स र निफ्टी५० दुवै बढे ।  आज भारतको सेयर बजार सेन्सेक्स इन्डेक्स कारोबारको क्रममा ८५ हजार २४७ विन्दुमा पुगेको थियो । त्यस्तै निफ्टी पनि २६ हजार ३२ विन्दुमा पुग्यो । यी दुवै परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेका छन् ।  

सेयरधनीका लागि युनिलिभर नेपालको लाभांश प्रस्ताव, प्रतिकित्ता नगद कति ?
Capital Market

सेयरधनीका लागि युनिलिभर नेपालको लाभांश प्रस्ताव, प्रतिकित्ता नगद कति ?

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आथिर्क वर्षका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले गत आवको  मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइजीआई प्रुडेन्सियलका सेयरधनीले सर्वाधिक कमाए
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइजीआई प्रुडेन्सियलका सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । सातोको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १२ वटा समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचका घटेको छ । जीवन...

नेप्सेमा उच्च अंकको सुधार, जानकार भन्छन्, ‘घट्न रोकिएको संकेत’
Capital Market

नेप्सेमा उच्च अंकको सुधार, जानकार भन्छन्, ‘घट्न रोकिएको संकेत’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.९९ प्रतिशत अर्थात ४९.१८ अंकले बढेर २ हजार ५१९.५७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७८ प्रतिशतले बढेर ४५२.८० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर ४...

भारतमा २० वर्षमा पहिलोपटक अटो निर्माता कम्पनीको आईपीओ आउँदै, हालसम्मकै ठूलो हुने
Capital Market

भारतमा २० वर्षमा पहिलोपटक अटो निर्माता कम्पनीको आईपीओ आउँदै, हालसम्मकै ठूलो हुने

काठमाण्डौ । बजार नियामक सेबीबाट स्वीकृति पाएसँगै भारतको हुन्डाई मोटर्स इन्डियाले भारतीय बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले आगामी अक्टोबरमा आईपीओ जारी गर्ने सक्नेछ ।हुन्डाईले आईपीओ निष्कासन गर्न जुन २०२४ मा भारतीय धितोपत्र तथा विनिमय बोर्डमा ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस फाइल गरेको थियो। कम्पनीले...

सिटिजन्स क्यापिटलले गर्यो ५० करोड रुपैयाँको म्युचुअल फण्ड ल्याउने तयारी
Capital Market

सिटिजन्स क्यापिटलले गर्यो ५० करोड रुपैयाँको म्युचुअल फण्ड ल्याउने तयारी

काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडले ५० करोड रुपैयाँबराबरको म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । कम्पनीले ५० करोड रुपैयाँबरारको रु १० अंकितदरको कुल ५ करोड ईकाई निष्काशनको तयारी गरेको हो ।  सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिटिजन्स सदाबहार योजना’ नामक खुल्लामुखी योजना सञ्चालन गर्ने प्रयोजनार्थ कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ ।  

पूँजीबजारलाई अप्राकृतिक लयमा हिँडाइएको दाबी, छानबिनको माग
Capital Market

पूँजीबजारलाई अप्राकृतिक लयमा हिँडाइएको दाबी, छानबिनको माग

काठमाण्डौ । सेयर लगानीकर्ताका चारवटा संगठनले एक विज्ञप्ति निकालेर पूँजीबजारलाई अप्राकृतिक लयमा हिँडाइएको दाबी गर्दै यसको निश्पक्ष छानबिनको माग गरेका छन् । 

सोल्टी होटलका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत
Capital Market

सोल्टी होटलका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत

काठमाण्डौ । सोल्टी होटल लिमिटेडका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत भएको छ । जोशीले भदौ २३ गतेदेखि लागू हुने गरी दिएको राजीनामा कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक राजन शर्माको राजीनामा स्वीकृत
Capital Market

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक राजन शर्माको राजीनामा स्वीकृत

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक राजन शर्माको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो ।  उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै असोज ६ गते देखि लागू हुनेगरी सञ्चालक पदबाट राजीनामा दिएका थिए ।  

रिभर फल्स पावरका सञ्चालकको राजीनामा स्वीकृत, आगामी साधारण सभासम्मका लागि गुरुङ नियुक्त
Capital Market

रिभर फल्स पावरका सञ्चालकको राजीनामा स्वीकृत, आगामी साधारण सभासम्मका लागि गुरुङ नियुक्त

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडका सञ्चालक दिनेश गुरुङको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।  

गोर्खाज फाइनान्सको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?
Capital Market

गोर्खाज फाइनान्सको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।  संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ४४ लाख २६ हजार ७६८.३८ कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा ४२ लाख ५३ हजार १६९.६२ कित्ता सेयर रहेको छ ।  

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल वितरण सुरु
Capital Market

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल वितरण सुरु

काठमाण्डौ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई प्रतिफल वितरण सुरु गरिएको छ । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यो योजनाका इकाईधनीहरुलाई असोज ७ गतेदेखि प्रतिफल वितरण गर्न सुरु गरिएको हो ।    योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलका अनुसार बुक क्लोजको हुँदाको बखत आफनो हितग्राही...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X