थ्रीस्टार हाईड्रोपावरको सीईओमा अधिकारी नियुक्त
काठमाण्डौ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्दीप अधिकारी नियुक्त भएका छन् ।
TRENDING
काठमाण्डौ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्दीप अधिकारी नियुक्त भएका छन् ।
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद खुला प्रतिस्पर्धामार्फत नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् साउन २६ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान...
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुग्नुभएका उनले यस्तो धारणा राखेका हुन् ।सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए। ‘नयाँ अध्यक्ष नियुक्त भएपछि...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । नेपाली पूँजीबजारमा इन्ट्रा–डे कारोबार र सर्ट सेलिङ सुरु गर्ने तयारी तीव्र बनेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमै यी उपकरण सञ्चालन गर्ने घोषणा गरिएको छ भने नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्से र सीडीएससीलाई आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत तयारी अघि बढाउन निर्देशन दिइसकेको छ।सेबोनले नियामकीय सर्कुलरको मस्यौदा तयार पारिरहेको र सरोकारवालाको सुझावका लागि...
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नेपाल राष्ट्र बैंकजत्तिकै सशक्त, विश्वसनीय र प्रभावकारी नियामक संस्थाका रूपमा विकास गर्न निर्देशन दिएका छन्।सोमबार ललितपुरको खुमलटारस्थित सेबोन कार्यालयको निरीक्षण भ्रमणका क्रममा आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले पूँजीबजार नियमनमा कुनै पनि प्रकारको विचलन स्वीकार्य नहुने स्पष्ट संकेत...
काठमाण्डौ । नेपालको एकमात्र स्टक एक्सचेन्ज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ नेतृत्व पाउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। तत्कालीन प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँले कार्यकाल पूरा हुनुअघि नै गत असार २२ गते पदबाट राजीनामा दिएपछि रिक्त रहेको सीईओ पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले छनोट प्रक्रिया अघि बढाएको हो।नयाँ सीईओ छनोटका लागि मन्त्रालयले...
काठमाण्डौ । प्राथमिक सेयर निष्कासन (आईपीओ)मा लागू न्यूनतम १० कित्ते बाँडफाँट नीति हटाउने विषयमा सरकारी अधिकारीहरूले संसदीय समितिमै बहस छेडेपछि त्यसका मुख्य सूत्रधार तथा नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की प्रतिवादमा उत्रिएका छन्।सरकारी उच्च अधिकारीहरूले १० कित्ते प्रणाली पुनरावलोकन वा खारेजीको पक्षमा धारणा राखिरहेका बेला कार्कीले सोमबार...
काठमाण्डौ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही दिन लगातार बढेको सेयरबजारले लगानीकर्तामा आशा जगाएको थियो। लामो समयदेखि साइडवेजमा अल्झिएको बजार अब लयमा फर्किने अपेक्षासहित ब्रोकर हाउसमा लगानीकर्ताको चहलपहलसमेत बढ्न थालेको थियो।तर, पछिल्ला दुई कारोबार दिनमा बजारले पुनः ओरालो बाटो समातेपछि उत्साहमाथि आशंका हाबी भएको छ। लगानीकर्ता बजारप्रति पूर्ण निराश भने देखिँदैनन्।...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ६ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नबिल स्टक डिलर, माछापुच्छ्रे सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३६० कम्पनीको १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.२५ प्रतिशत र निर्जीवन बीमा समूह १.२१ प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साताको अन्तिम दुईदिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.२१ प्रतिशत अर्थात ३३.२८ अंकले घटेर २ हजार ७०१.३२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४१ प्रतिशतले घटेर ४७१.४९ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३५९ वटा स्क्रिप्टको १ करोड ३९...
काठमाण्डौ । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को १६औँ संस्करणको उपाधि ओडिशाकी ज्योतिर्मयी नायकले जितेकी छन्। करिब १० महिनासम्म चलेको प्रतियोगिताको आइतबार सम्पन्न ग्रान्ड फिनालेमा विजेता बनेकी उनले ट्रफीसहित २० लाख भारु नगद पुरस्कार प्राप्त गरेकी हुन्।२४ वर्षीया ज्योतिर्मयी ‘इन्डियन आइडल’को मुख्य संस्करणको उपाधि जित्ने पहिलो ओडिया प्रतियोगीसमेत...
काठमाण्डौ । सर्वोच्च अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह विष्टको पुनर्नियुक्ति तथा करार कार्यान्वयन नगर्ने सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश विनोद शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेशसमेत जारी...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यवृद्धि र लगानीका रूपमा यसको माग बढेसँगै हिमालयन बुलियन कम्पनीको कारोबारमा असाधारण वृद्धि देखिएको छ। कम्पनीले गत आर्थिक वर्षको नौ महिनामै ९ अर्ब ७८ करोड ९० लाख रुपैयाँबराबरको चाँदी बिक्री गरेको छ।यसअघि सन् २०२५ मा ३० करोड २० लाख रुपैयाँ र सन् २०२४ मा ४७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले पछिल्लो नौ महिनामा...
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा डा. नहकुल केसी चयन भएका छन्। संस्थाको सञ्चालक समितिको साउन १० गते बसेको २३औँ बैठकले सञ्चालक डा. केसीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।
काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता सेयरको लक इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको छ।
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा पिताम्बर गैह्रे चयन भएका छन । साउन ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गैह्रेलाई संस्थाको रिक्त रहेको सञ्चालक पदमा चयन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि कम्पनीलाई नियुक्त गरिएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.