गोर्खाज फाइनान्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त, स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको कम्पनी सचिवमा दिपक न्यौपाने नियुक्त भएका छन् । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई मंंसिर २४ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।

