आईतवार, असार १४,२०८३ 02:23:39
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:23:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माथिल्लो मैलुङखोला जलविद्युतद्वारा साधारण सभा आह्वान, मर्जरमा जाने मुख्य अजेण्डा

Laxmi Sunrise Bank Limited
माथिल्लो मैलुङखोला जलविद्युतद्वारा साधारण सभा आह्वान, मर्जरमा जाने मुख्य अजेण्डा

काठमाण्डौ । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको छ । बैठकले आगामी पुस २५ गते काठमाण्डौको सुकेधारामा रहेको सेलीब्रेसन हाईट्समा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

सभामा समान उद्देश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग गाभ्ने÷गाभिने वा एकीकरण गर्ने र यस कार्यका लागि नियमानुसारका आवश्यक सम्पूर्ण प्रक्रियाहरु अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र यस प्रक्रिया लगायतका अन्य आवश्यक विषयका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु पर्ने भएमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै, कम्पनीको सञ्चालक समितिको एघारौं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरण र तत् सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने प्रस्ता।व पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.