दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता
काठमाण्डौ । पुँजीबजारमा दीपेन्द्र अग्रवाल एक परिचित नाम हो । दोस्रो बजारमा उनी एक विवादित र सक्रिय लगानीकर्ताका रुपमा पनि चिनिन्छन् । यसअघि उनी साविक जनरल इन्स्योरेन्स कम्पनीको संचालक समेत थिए । सेयरबजारमा करोडौं लगानी गर्ने अग्रवालले नियामक निकाय धितोपत्र बोर्डलाई समेत टेर्दैनन् । यही अटेरीपन र खुलेआम कुनै कम्पनीको मूल्य घटबढ गराउने भूमिकाका कारण उनलाई धितोपत्र...

