दोहोरो अंकले खस्कियो सेयरबजार, जानकार भन्छन्, ‘मार्केटमा बिग मनिको अभाव छ’
काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७८ प्रतिशत अर्थात २१.१५ अंकले घटेर २ हजार ६६.१८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५६ प्रतिशतले घटेर ४६७.९६ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३४३ वटा स्क्रिप्टको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब...

