नयाँ सहकारी संस्था खोल्न नदिन आयोगको सुझाव, हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउने
काठमाण्डौ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले एक भन्दा बढी शाखा रहेको सहकारीलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सरकारलाई सुझाव दिएको छ । शुक्रबार अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आयोगले प्रतिवेदन बुझाउँदै एक भन्दा बढी शाखा रहेको शहकारीलाई तत्काल शाखा बन्द गर्न लगाउन सुझाव पेश गरेको हो ।

