भारत र बंगलादेशबीचको व्यापार ठप्प, तरकारी र फलफूल सड्ने डर
काठमाण्डौ। बंगलादेशमा भएको ‘कु’ पछि भारत र बंगलादेशबीचको व्यापारमा मन्दी आउन थालेको छ। छिमेकी मुलुकमा जारी राजनीतिक सङ्कटका कारण दुई देशबीचको द्विपक्षीय व्यापार केही समयका लागि ठप्प भएको छ।तर, छिट्टै स्थिति नियन्त्रणमा आउने र व्यापार पुनः सामान्य हुन सक्ने निर्यातकर्ताको अपेक्षा छ। उसो त बंगलादेशको समस्या राजनीतिक संकटमा मात्र सीमित छैन।