मुख्यमन्त्री खगराजको प्रतिबद्धता– ‘चमत्कार सम्भव छैन, राम्रो काम गरेर देखाउँछु’
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपाका खगराज भट्टले प्रदेशको नेतृत्व सम्हाल्दा खुसीसँगै ठूलो जिम्मेवारी र चुनौतीको अनुभूति भएको बताएका छन्।नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।नियुक्तिपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भट्टले...

