भारतका झण्डै दर्जन शहरमा पाकिस्तानी आक्रामणः चण्डीगढमा साइरन बज्यो, अधिकांश क्षेत्रमा ब्ल्याकआउट
काठमाण्डौ । पाकिस्तानले जम्मू र कश्मीरका केही भागमा मिसाइल र ड्रोन आक्रमण र पञ्जाबको पठानकोटमा गोलीबारी गरेपछि चण्डीगढमा साइरन बजाइएको छ र ब्ल्याकआउट लागू गरिएको छ। पसलहरू बन्द गर्न र मानिसहरूलाई घर फर्कन निर्देशन दिइएको छ।अधिकारीहरूका अनुसार छिमेकी मोहालीमा पनि ब्ल्याकआउट लागू गरिएको छ।

