अवैध इलेक्ट्रिक स्कुटर आयातमा कडाइ
काठमाण्डौ । कञ्चनपुरमा भन्सार छलेर भारतबाट अवैध रूपमा इलेक्ट्रिक स्कुटर भित्र्याउने क्रम बढेपछि स्थानीय प्रशासनले निगरानी र नियन्त्रणलाई कडा बनाएको छ।पछिल्लो एक महिनामा मात्रै भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएका तथा दर्ताविना सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालयलाई बुझाएको छ।

