सबै खालका व्यवसायको दर्ता निःशुल्क हुँदै, नवीकरण गर्ने झञ्झट पनि हट्दै
काठमाण्डौ । सरकारले अबको एकवर्षभित्र सबै खालका व्यवसायको दर्तालाई निःशुल्क बनाउने भएको छ । अर्थ मन्त्रालयले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै एक वर्षभित्र सबै किसिमका व्यवसाय दर्ता निःशुल्क गरिने घोषणा गरेको हो ।

