सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति व्यवस्था कायम राख्न सबै पक्षलाई अपिल गरेको छ।परिसंघले एक विज्ञप्ति जारी गर्दै नेपाल सदियौंदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएको उल्लेख गर्दै यस...

