प्राधिकरणले गर्यो लाइन काटिएका ६ उद्योगमा बिजुली जोड्ने निर्णय
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेको हो । बैठकले सर्तसहित विद्युत्...