उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि
काठमाण्डौ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको हो । बैठकले गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी नयाँ समर्थन मूल्य निर्धारण गरेको छ । यससँगै अब किसानले उखु मिलबाट प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ पाउने छन् । यद्यपी सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न भने बाँकी नै रहेको...

