आजदेखि मौसमको नयाँ प्रणाली सक्रिय हुँदै, यी स्थानमा हुनेछ भारी वर्षा
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा भैरहेको छ ।

