शुक्रबार, बैशाख २५,२०८३ 12:12:09
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 12:12:09
कात्तिक ११ गतेसम्म सम्पूर्ण पठनपाठन बन्द गर्ने त्रिविको निर्णय
NEWS

कात्तिक ११ गतेसम्म सम्पूर्ण पठनपाठन बन्द गर्ने त्रिविको निर्णय

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले कात्तिक ११ गतेसम्म सम्पूर्र्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना जारी गर्दै भदौ २९ गतेदेखि कात्तिा ११ गतेसम्म सम्पूर्ण पठनपाठन बन्द गर्ने जानकारी दिएको हो ।  

वर्तमान घटनाक्रमलाई गम्भिरतापूवर्क विश्लेषण गर्दै सक्रिय रहन एमाले कोशीको आग्रह
ECONOMY& POLITICS

वर्तमान घटनाक्रमलाई गम्भिरतापूवर्क विश्लेषण गर्दै सक्रिय रहन एमाले कोशीको आग्रह

काठमाण्डौ । नेकपा एमाले कोशी प्रदेश समितिले देशको वर्तमान घटनाक्रमलाई धैर्य र गम्भिरतापूवर्क विश्लेषण गर्दै सक्रिय रहन पार्टी सदस्यहरुलाई आग्रह गरेको छ । समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।  एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार थापाद्वारा जारी विज्ञप्तिमा स्वच्छ उद्देश्यको आन्दोलनमा भएको अनेक थरी शक्तिको घुसपैठलाई पनि नजर...

भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन जिल्ला सुरक्षा समिति चितवनको आग्रह
NEWS

भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन जिल्ला सुरक्षा समिति चितवनको आग्रह

काठमाण्डौ । चितवन जिल्ला सुरक्षा समितिले जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको छ । जिल्ला कारागार भरतपुरबाट बुधबार तोडफाड गरेर ७५० जना कैदीबन्दी भागेका थिए ।  

कारागारबाट भागेका चार कैदी प्रहरीको नियन्त्रणमा
NEWS

कारागारबाट भागेका चार कैदी प्रहरीको नियन्त्रणमा

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जना कैदीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीलाई नियन्त्रणमा लिएको हो ।  

राष्ट्रपति रामचन्द्र पौडेलले सेनापतिसँग ‘म राजीनामा दिँन्न, बरु मलाई मारिदिनुस्’ भनेका किशोर नेपालको दाबी
NEWS

राष्ट्रपति रामचन्द्र पौडेलले सेनापतिसँग ‘म राजीनामा दिँन्न, बरु मलाई मारिदिनुस्’ भनेका किशोर नेपालको दाबी

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको रहस्यमय मौनताको विषयमा प्रश्नहरु उठ्न थालेका छन् । कतिपय नागरिकले पौडेलकै अवस्थाको विषयमा समेत सोधीखोजी गर्दै सामाजिक सञ्जालका भित्ताहरुमा असरल्ल पोष्टहरु हालिरहेका छन् ।  सामाजिक सञ्जालहरुमा विश्लेषक, वरिष्ठ पत्रकार तथा बुद्धिजीवीहरुले राष्ट्रपति पौडेललाई नेपाली सेनाले नजरबन्दमा राखेकोसम्मको आशंका गरिरहेका छन् ।...

मेयर बालेन शाहद्वारा राष्ट्रपतिसमक्ष अविलम्ब संसद् विघटन र अन्तरिम सरकार गठनको प्रस्ताव
NEWS

मेयर बालेन शाहद्वारा राष्ट्रपतिसमक्ष अविलम्ब संसद् विघटन र अन्तरिम सरकार गठनको प्रस्ताव

काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न प्रस्ताव राखेका छन्। 

अन्तर्राष्ट्रिय मिडियामा जेनजी आन्दोलनपछिको राजनीतिक अस्थिरताको चर्चाः राजसंस्था फर्किनेसम्मको विश्लेषण
NEWS

अन्तर्राष्ट्रिय मिडियामा जेनजी आन्दोलनपछिको राजनीतिक अस्थिरताको चर्चाः राजसंस्था फर्किनेसम्मको विश्लेषण

काठमाण्डौ । नेपालमा युवा पुस्ता (जेनजी) ले नेतृत्व गरेको आन्दोलनले देशलाई राजनीतिक संकटमा धकेलेको छ। सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्धबाट सुरु भएको यो आन्दोलनले भ्रष्टाचार विरोधी अभियान, रोजगारीका अवसरहरू र प्रणालीगत सुधारका मागहरूसँग जोडिएपछि हिंसात्मक रूप धारण गरेको छ। यसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा निम्त्याएको छ भने सेनाको तैनाथी भएको छ।...

काठमाण्डौ उपत्यकामा शुक्रबारसम्म कर्फ्यू, बिहीबारदेखि सरकारी कार्यालय र बैंक खोल्न मिल्ने
NEWS

काठमाण्डौ उपत्यकामा शुक्रबारसम्म कर्फ्यू, बिहीबारदेखि सरकारी कार्यालय र बैंक खोल्न मिल्ने

काठमाण्डौ । नेपाली सेनाले नागरिकको जनधनको सुरक्षाका लागि भन्दै  काठमाण्डौ उपत्यकामा शुक्रबार बिहानसम्मका लाग कफ्र्यू आदेश जारी गरेको छ ।  सेनाले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र कफ्र्यू आदेशको समय लम्बयाएको हो । 

शिवपुरीबाट ओलीको सन्देश-'सत्ताको यातनाले बा बन्न पाइँन, तर बन्ने रहर कहिल्यै मरेन'
ECONOMY& POLITICS

शिवपुरीबाट ओलीको सन्देश-'सत्ताको यातनाले बा बन्न पाइँन, तर बन्ने रहर कहिल्यै मरेन'

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीका नाममा भावुक सन्देश सार्वजनिक गरेका छन् ।  उनले व्यवस्था परिवर्तनको कठोर लडाईमा सत्ताले दिएको निर्मम यातनाका कारण आफ्ना सन्तान नभए पनि बा बन्ने आफ्नो रहर कहिल्यै नमरेको बताएका छन् ।  आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको...

सुशीला कार्कीलाई बालेन शाहको समर्थन, भोलिसम्म नाम टुङ्गो लाग्ने
NEWS

सुशीला कार्कीलाई बालेन शाहको समर्थन, भोलिसम्म नाम टुङ्गो लाग्ने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि समर्थन गरेका छन् ।बालेनको सचिवालयका एक सदस्यले बिजशालासँग कुरा गर्दै जेन जीहरुबाट बालेनले अन्तरिम सरकारको नेतृत्व गर्नुपर्ने माग आए पनि बालेनले भने सुशीला कार्कीलाई समर्थन गरेका हुन् । 

सुशीला कार्कीले भनिन्-'जेनजीले मलाई विश्वास गरे, म नेतृत्वका लागि तयार छु'
ECONOMY& POLITICS

सुशीला कार्कीले भनिन्-'जेनजीले मलाई विश्वास गरे, म नेतृत्वका लागि तयार छु'

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताको उत्साहपूर्ण समर्थन प्राप्त भएकाले चुनावी सरकारको नेतृत्व गर्न इच्छुक रहेको बताएकी छिन्।भारतीय समाचार च्यानल न्युज-१८ सँग कुरा गर्दै उनले जेनजी आन्दोलनपछि बनेको परिस्थितिमा सरकारको नेतृत्व लिन आफू तयार रहेको खुलासा गरिन्।

जंगीअड्डामा दिनभर प्रधानमन्त्री माग्नेको लर्को, सेनाले माइकिङ गरेर भन्यो-'आज घर जानुस्, भोलि आउनुहोला'
NEWS

जंगीअड्डामा दिनभर प्रधानमन्त्री माग्नेको लर्को, सेनाले माइकिङ गरेर भन्यो-'आज घर जानुस्, भोलि आउनुहोला'

काठमाण्डौ । नेपाली सेनाको जंगीअड्डामा आफूलाई प्रधानमन्त्री बनाइदिन माग गर्दै जानेहरुको बुधबार लर्को नै चल्यो ।  यो लर्कोमा महावीर पुन, दुर्गा प्रसाईदेखि हर्क साम्पांगसम्म देखिए ।  दिनभरजसो सैनिक नेतृत्व अब बन्ने अन्तरिम सरकार प्रमुखको खोजीका लागि विभिन्न समूहसँग वार्तामा व्यस्त रह्यो । 

दुर्गा प्रसाईले भने-'सुशीला र बालेन तयार नहुने हो भने म आउँछु'
NEWS

दुर्गा प्रसाईले भने-'सुशीला र बालेन तयार नहुने हो भने म आउँछु'

काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।  प्रधान सेनापति अशोक सिग्देलसँग आज दिउँसो भेट गरेको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले बालेन शाह वा सुशीला कार्कीमध्ये जो नेतृत्व गर्न तयार भए पनि आफूलाई त्यो स्वीकार हुने, तर उनीहरु तयार नभए देशलाई निकास दिन आफू नेतृत्वका लागि तयार रहेको बताएका हुन् । 

धादिङ कारागारमा कैदीबन्दीको भाग्ने प्रयास, सेनाको गोली प्रहारमा दुईको मृत्यु, सात घाइते
NEWS

धादिङ कारागारमा कैदीबन्दीको भाग्ने प्रयास, सेनाको गोली प्रहारमा दुईको मृत्यु, सात घाइते

काठमाण्डौ ।धादिङ जिल्ला कारागारमा कैदीबन्दीहरूले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको छ।गोली लागेर दुई कैदीबन्दीको ज्यान गएको छ।

सुशीला कार्कीको नामप्रति असहमति जनाउँदै जंगीअड्डा अगाडि नाराबाजी, बालेन/हर्क जस्ता युवा ल्याइनुपर्ने माग
ECONOMY& POLITICS

सुशीला कार्कीको नामप्रति असहमति जनाउँदै जंगीअड्डा अगाडि नाराबाजी, बालेन/हर्क जस्ता युवा ल्याइनुपर्ने माग

काठमाण्डौ । जेनजीको विभिन्न समूहबीच अन्तरिम सरकारको प्रमुखको रुपमा अगाडि बढाउने नामको विषयमा आपसी असहमति देखिएको छ ।  जेनजीको एउटा ठूलो समूहले अन्तरिम सरकारको प्रमुखको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि बढाउनुपर्ने निर्णय गर्दै सोही व्यहोराको जानकारी नेपाली सेनालाई पठाइसकेको छ । 

अन्तरिम सरकारको नेतृत्व लिन जेन-जीले गरेको प्रस्ताव सुशीला कार्कीद्वारा स्वीकार, पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्लिन् ?
ECONOMY& POLITICS

अन्तरिम सरकारको नेतृत्व लिन जेन-जीले गरेको प्रस्ताव सुशीला कार्कीद्वारा स्वीकार, पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्लिन् ?

काठमाण्डौ । नयाँ परिस्थितिसँगै बन्न लागेको अन्तरिम सरकारको नेतृत्व लिन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छिन् ।  प्रधानसेनापति अशोक सिग्देलसँग विभिन्न चरणको वार्तामा सहभागी भइसकेका जेन-जी प्रतिनिधिहरुले आफूहरुको भर्चुअल बैठकबाट कार्कीको नाममा सहमति जुटाएको र सो विषय कार्कीलाई जानकारी गराएपछि उनी अन्तरिम सरकारको नेतृत्व लिन तयार भएकी हुन् । 

‘जेनजीका लागि मध्यस्थकर्ताको भूमिका निभाउन तयार छु’ सागर ढकाल
NEWS

‘जेनजीका लागि मध्यस्थकर्ताको भूमिका निभाउन तयार छु’ सागर ढकाल

काठमाण्डौ । सागर ढकालले जेनजी समूहलाई कोही नभए मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कुनैपनि पदका आशा नराख्ने समेत बताएका छन् ।  

रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक
ECONOMY& POLITICS

रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठक आज राती ८ बजेदेखि भर्चुअल माध्यमबाट बस्नेगरी बोलाइएको हो ।  

जेनजीको कैयन कल बालेनले उठाएनन्, त्यसपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति
NEWS

जेनजीको कैयन कल बालेनले उठाएनन्, त्यसपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति

काठमाण्डौ । जेनजीको भर्चुअल बैठकमा सहभागीहरुले अन्तरिम सरकारको सम्भावित प्रधानमन्त्रीको रुपमा चर्चा गरिएका बालेन शाहले कैयौ पटक फोन गर्दा पनि रेसपोन्स नगरेको गुनासो गरेका छन् ।  जेनजीको भर्चुअल बैठकको संक्षिप्त माइन्यूट सार्वजनिक भएको हो । जसमा भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहको धारणा बुझ्न पटक पटक कल गर्दा पनि उनले फोन रेसपोन्स नगरेका दाबी गरिएको छ । 

कक्षा १२ को मौका परीक्षा स्थगित
NEWS

कक्षा १२ को मौका परीक्षा स्थगित

काठमाण्डौ । कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै भदौ २८ र २९ गते सञ्चालन हुने मौका परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X