शुक्रबार, बैशाख २५,२०८३ 07:21:44
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 07:21:44
चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणाको सिफारिस
TOURISM

चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणाको सिफारिस

काठमाण्डौ । चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्ने सर्वसम्मत निर्णय भएको छ । मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो...

एकैदिन डाकियो मन्त्रिपरिषद् र गभर्नर सिफारिस समितिको बैठक, विश्व पौडेल नयाँ गभर्नर बन्ने पक्कापक्की
ECONOMY& POLITICS

एकैदिन डाकियो मन्त्रिपरिषद् र गभर्नर सिफारिस समितिको बैठक, विश्व पौडेल नयाँ गभर्नर बन्ने पक्कापक्की

काठमाण्डौ । सरकारले आजका लागि मन्त्रिपरिषद् बैठक डाकेको छ । उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्नेगरी डाकिएको हो ।  सोमबारका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै स्थगित भएको थियो ।  बैठक डाकिनुअघि आज प्रधानमनत्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल समेत भएको थियो ।  

नेपाली व्यवसायी प्रतिनिधिमण्डलको ब्राजिल भ्रमण, व्यापारिक सहकार्यका सम्भावनामाथि छलफल
ECONOMY& POLITICS

नेपाली व्यवसायी प्रतिनिधिमण्डलको ब्राजिल भ्रमण, व्यापारिक सहकार्यका सम्भावनामाथि छलफल

काठमाण्डौ । नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष अखिल चापागाईंको नेतृत्वमा रहेको नेपाली व्यवसायी प्रतिनिधिमण्डल ब्राजिलको भ्रमण गरेको छ।प्रतिनिधिमण्डलले ब्राजिलको Confederation of National Industry (CNI) का अधिकारीहरूसँग भेटगरी आपसी चासो र व्यापारिक अवसरहरू बारे छलफल गरेका छन्।उक्त अवसरमा चापागाईंले नेपालमा व्यापार र लगानीको अनुकूल वातावरण रहेको जानकारी गराउदै नेपाली...

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
ECONOMY& POLITICS

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त आयोजनामा पत्रकारसँग उपभोक्ता सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार काठमाण्डौमा सम्पन्न कार्यक्रमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् ।कार्यक्रममा विज्ञ तथा वक्ताहरुले पछिल्लो समय उपभोक्ता सुरक्षाको विषय पेचिलो बन्दै गएको...

विष्णु अग्रवालविरुद्ध लेखिएको समाचार हटाउन अदालतको आदेश, मिडियाको नाममा अन्तरिम आदेश
NEWS

विष्णु अग्रवालविरुद्ध लेखिएको समाचार हटाउन अदालतको आदेश, मिडियाको नाममा अन्तरिम आदेश

काठमाण्डौ । अटो व्यवसायी तथा लाइफ अटो मोवाइल प्रालिका सञ्चालक विष्णु अग्रवालले आफ्नो चरित्रहत्या गरेको आरोपसहित दायर गरेको मुद्दामा अदालतले समाचार प्रकाशन तथा प्रसारण गर्ने मिडिया हाउसको नाममा अन्तरिम आदेश जारी गरेको छ । 

दाउन्ने सडक खण्डको ६६% भौतिक प्रगति सम्पन्न
NEWS

दाउन्ने सडक खण्डको ६६% भौतिक प्रगति सम्पन्न

काठमाण्डौ । नारायणगढ–बुटवल सडक निर्माण योजनाको ६६.५० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यो सडकखण्डको कुल लम्बाइ ११३.५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९०.८७ किमी सडक कालोपत्र भएको छ ।  पुलहरूले ओगटेको क्षेत्रबाहेक ११०.४६ किमी कालोपत्र गर्नुपर्ने छ । पुलले ३.०७ किमी क्षेत्र ओगटेको छ ।  

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने
ECONOMY& POLITICS

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघिय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

ओलीको सचिवालयको दाबी-'प्रधानमन्त्रीलाई रुघामर्की लागेपछि देउवा भेट्न नआएका हुन्'
ECONOMY& POLITICS

ओलीको सचिवालयको दाबी-'प्रधानमन्त्रीलाई रुघामर्की लागेपछि देउवा भेट्न नआएका हुन्'

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सोमबार साँझ प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेट स्थगित हुनु पछाडिको कारण गठबन्धनमा समस्या आएर नभएको दाबी गरेको छ ।  एक सचिवालय सदस्यले बिजशालासँग कुरा गर्दै गठबन्धनमा कुनै समस्या नरहेको र सोमबार कांगे्रेस सभापति देउवासँगको भेट प्रधानमन्त्रीको स्वास्थ्यमा आएको समस्याका कारण...

गभर्नर नियुक्तिमा ओलीको छलछामः देउवाले दुत्कारे बालुवाटारको निम्तो, कांग्रेसका मन्त्रीले क्याबिनेट
NEWS

गभर्नर नियुक्तिमा ओलीको छलछामः देउवाले दुत्कारे बालुवाटारको निम्तो, कांग्रेसका मन्त्रीले क्याबिनेट

काठमाण्डौ । कांग्रेसले सिफारिस गरेको व्यक्तिलाई नेपाल राष्ट्रबैंकको गभर्नर बनाउने चाह प्रधानमन्त्री केपी शर्मा ओलीले नदेखाएपछि सत्ता गठबन्धनमा उथलपुथलको सम्भावना बढेको छ ।  नेपाल राष्ट्रबैंकको गभर्नर पद रिक्त भएको डेढ महिना बितिसक्दा समेत प्रमुख सत्तारुढ दल कांगे्रस र एमाले सहभागी सरकारले नयाँ गभर्नरको नियुक्ति गर्न सकेको छैन ।  राजनीतिक भागबण्डामा गभर्नर नेपाली...

मन्त्रिपरिषद बैठक स्थगित, गभर्नरको नियुक्तिको विषयमा काङ्ग्रेस एमालेबीच खटपट
ECONOMY& POLITICS

मन्त्रिपरिषद बैठक स्थगित, गभर्नरको नियुक्तिको विषयमा काङ्ग्रेस एमालेबीच खटपट

काठमाण्डौ । मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।  आज बस्ने तय भएको मन्त्रिपरिषद बैठकमा लामो समयदेखि रिक्त रहेको गभर्नर नियुक्त हुने आँकलन गरिएको थियो । तर सत्तारुढ प्रमुख दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिमा सहमति जुट्न नसक्दा आजको बैठक बस्न नसकेको स्रोतले जनाएको छ । यसले दुई दलबीच...

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता: मन्त्री सुडी
NEWS

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता: मन्त्री सुडी

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने बताएका छन् ।  

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशीलता अपनाउन आग्रह
NEWS

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशीलता अपनाउन आग्रह

काठमाण्डौ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौका विभिन्न निजी विद्यालयमा हालै गरेको अनुगमनप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले आपत्ति जनाएको छ।आज महासचिव प्रताप थापा र राष्ट्रिय अध्यक्ष तथा संस्थापक गीता क्षेत्री राणाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा शिक्षा क्षेत्र अत्यन्त संवेदनशील भएको उल्लेख गर्दै...

लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या, काठमाण्डौ नै फकाईयो
NEWS

लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या, काठमाण्डौ नै फकाईयो

काठमाण्डौ । काठमाण्डौको त्रिभुवन विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाण्डौनै डाईभर्ट गरिएको छ । आज बिहान काठमाण्डौबाट लक्लाका लागि उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ को जहाजमा प्राविधिक समस्या देखिएको थियो ।  

जिमेलले ल्यायो नयाँ फिचर्स, अब गुगल स्टोरेज भरिने तनावबाट मुक्त हुन सकिने
OTHERS

जिमेलले ल्यायो नयाँ फिचर्स, अब गुगल स्टोरेज भरिने तनावबाट मुक्त हुन सकिने

काठमाण्डौ । गुगलले निःशुल्क खाताको साथ १५ जीबी भण्डारण निःशुल्क दिन्छ। आजको डेटा युगमा यो १५ जीबी कहाँ खपत हुन्छ थाहा नै हुँदैछ । यस्तो अवस्थामा, मानिसहरूले गूगललाई पैसा तिरेर अतिरिक्त भण्डारण योजनाहरू खरिद गर्छन्।  गूगलद्वारा प्रदान गरिने १५ जीबी को निःशुल्क स्टोरेज ईमेलले पनि प्रयोग गर्ने गर्छ ।  यहाँ ठूलो कुरा यो छ कि यो निस् शुल्क भण्डारण को धेरै जसो इमेलहरु द्वारा...

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर
ECONOMY& POLITICS

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर

काठमाण्डौ । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ ।  अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

गभर्नर नियुक्तिमा चलखेल भईरहेको प्रचण्डको आरोप
ECONOMY& POLITICS

गभर्नर नियुक्तिमा चलखेल भईरहेको प्रचण्डको आरोप

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भईरहेको आरोप लगाएका छन् । दाहालले बैतडीको पाटनमा जनतासँग माओवादी( मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्ने क्रममा यस्ताृ आरोप लगाएका हुन् ।  

‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदै, १७५ विदेशी पाहुना सहभागी हुने
TOURISM

‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदै, १७५ विदेशी पाहुना सहभागी हुने

काठमाण्डौ ।  ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुन लागेको हो ।  संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म...

प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने
ECONOMY& POLITICS

प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाण्डौ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आज सकिने छ ।  

राजश्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश, कर आधार विस्तार गर्न सुझाव
ECONOMY& POLITICS

राजश्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश, कर आधार विस्तार गर्न सुझाव

काठमाण्डौ । राजश्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहेका राजश्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।  समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ...

शिक्षा मन्त्रालयद्वारा बिदामा पनि पठनपाठन गर्न आग्रह
NEWS

शिक्षा मन्त्रालयद्वारा बिदामा पनि पठनपाठन गर्न आग्रह

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाण्डौ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X