धितोपत्र बजार पूँजीकरण १३.९५% ले वृद्धि, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७.१ %
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण ३२ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धितोपत्र बजार पूँजीकरण ३२ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिसम्म बजार पूँजीकरण २८ खर्ब १८ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा बजार पूँजीकरण १३.९५ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, नेप्से सूचकाङ्क २०८०...