सिटिजन्स बैंकको ३.१८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ ।बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।