नेप्से दोहोरो अंकले बढ्दा कारोबार भने घट्यो, किन परेन अर्थमन्त्रीको प्रभाव ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात ११.५८ अंकले बढेर २ हजार ५८८.३५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ प्रतिशतले बढेर ४६३.४३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता...