शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटैबाट बिक्री
काठमाण्डौ । आज दोस्रो बजारमा करिब २० अर्बको सेयर कारोबार भएको छ । आजको कारोबारमा पनि शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ । आज पनि नासा सेक्युरिटिजबाट उच्च बिक्री भएको छ । यो ब्रोकरबाट आज १ अर्ब १३ करोडको खरिद र एक अर्ब ३४ करोडबराबरको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट पनि करिब ८६ करोड ७२ लाखको खरिद र ८६ करोड ७७ लाखको...

