नेपाल इन्स्योरेन्ससहित ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने प्रभु महालक्ष्मी
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स, म्युचुअल फण्ड र व्यापार समूह मात्रै बढेका छन्, भने १० समूह राताम्य भएका...

