डिम्याट खाता नवीकरण गर्न एनएमबि क्यापिटलको आग्रह
काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले एनएमबि क्यापिटल, एनएमबि बैंक र एनएमबि सेक्युरिटिजमा हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो।

