एनआईसी एशिया लघुवित्तले देशभरका महिला सदस्यलाई उद्यमशिलता तालिम प्रदान गर्ने, दक्ष प्रशिक्षक छनौट गर्दै
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका महिला सदस्यहरुलाई सीप तथा उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ । संस्थाले महिला सदस्यको उद्यमशीलताको विकास गरी आत्मनिर्भर बनाउने उदेश्यले यो तालिमको आयोजना गर्न लागेको हो । देशका विभिन्न भौगोलिक क्षेत्रमा गई तालिम प्रदान गर्न अनुभवी तथा दक्ष प्रशिक्षकहरु छनौट गरी रोष्टर निमार्ण गर्ने कार्य...