बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यास पनि महङ्गियो
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बढेको मूल्यसूची आएको भन्दै निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निर्णयअनुसार पेट्रोल, डिजेल र एलपी ग्यास(खाना पकाउने ग्यास)को मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ...