बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासंघले निःशुल्क बससेवा सञ्चालन गर्ने
काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महामहासंघले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको छ।महासंघले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा राहत सामग्री ढुवानीका लागि निःशुल्क बससेवा उपलब्ध गराउन थालेको जनाएको छ।

