नेप्सेको चार्टमा बन्यो ‘बुलिस मारुबुजु’ क्याण्डल, आरएसआइमा ‘डब्लु प्याटर्न’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्सेमा लामो समयपछि बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । यो सँगै आज बनेको क्याण्डलले यसअघि बनेका ४ वटा क्याण्डललाई पूरै ढाकेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले मध्य ब्याण्डमा सपोर्ट लिदै गरेको देखिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा आज बजारमा यसअघिका ८ कारोबारपछि उच्च कारोबार भएको देखिन्छ ।...