आइएमई लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह...