बिहीबार, बैशाख ३,२०८३ 06:37:39
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 06:37:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हुवावेले लञ्च गर्यो तीनपटक फोल्ड गर्न मिल्ने स्मार्टफोन, अन्तराष्ट्रिय बजारमा पुनरागमन गर्ने प्रयास

Bizshala
हुवावेले लञ्च गर्यो तीनपटक फोल्ड गर्न मिल्ने स्मार्टफोन, अन्तराष्ट्रिय बजारमा पुनरागमन गर्ने प्रयास
Shivam Cement

काठमाण्डौ । अमेरिकी प्रतिबन्धबाट माथि उठ्दै अन्तराष्ट्रिय बजारमा पुनरागमन गर्न खोजिरहेको चिनियाँ स्मार्ट फोन निर्माता कम्पनी ‘हुवावे’ले तीनपटक फोल्ड गर्न मिल्ने,‘ट्रिफोल्ड’स्मार्ट फोन लञ्च गरेको छ । कम्पनीले मंगलबार चीनबाहिर ‘द मेट एक्सटी’ नामक यो फोन लञ्च गरेको हो ।  

यो फोनको सुरुवाती मूल्य ३४९९ युरो(३६६० डलर) तोकिएको छ । कम्पनीले यो मोडल कुन देशहरुमा उपलब्ध हुने भन्ने विषयमा भने केही पनि खुलाएको छैन । कम्पनीले यसका लागि स्थानिय घोषणाहरु कुर्न भनेको छ । समाचार एजेन्सी सीएनबीसीले भने यो फोन साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा बिक्रीका लागि राखिएको जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो फोन गत वर्ष पहिलोपटक चीनमा रिलिज गरिएको थियो । यो फोनले त्यसेबला तीनपटक फोल्ड गर्न मिल्ने विश्वको पहिलो फोनको रुपमा विश्वभर चर्चा बटुलेको थियो । सामान्य फोल्डेबल फोनहरु तेस्रो वा ठाडो एकपटक मात्रै फोल्ड गर्न मिल्ने खालका हुन्छन् । तर मेट एक्सटीमा दुईवटा यस्ता प्वइन्ट छन्, जहाँबाट डिस्प्ले स्क्रिनलाई एक, दुई वा तीनपटकसम्म फोल्ड गर्न सकिन्छ ।  

हुवावे कुनैबेला विश्वको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीको रुपमा रहेको थियो । त्यसबेला कम्पनीले एप्पल र स्मार्टफोन जस्ता दिग्गज कम्पनीलाई चुनौति दिएको थियो । तर सन् २०१९ मा अमेरिकी प्रतिबन्ध पछि भने उन्नत चिप्स र गुगलको एन्ड्रोईड अपरेटिङ सिस्टममा कम्पनीको पहँुच बन्द भएको थियो । जसका कारण कम्पनीको बजार हिस्सामा व्यापक कमी आउन पुग्यो । यो बीचमा अन्य कम्पनीले हुवावेको स्थान लिन पुगे । चीन बाहिर कम्पनीको हिस्सा केवल ०.३ प्रतिशतमा खुम्चिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यद्यपी चीनमा भने कम्पनीको बजार हिस्सा सन् २०२४ मा १२ प्रतिशतबाट बढेर १७ प्रतिशत पुगेको छ । कम्पनीले सन् २०२३ मा उन्नत चीपसँग गरेको पुनरागमनका कारण बजारमा हिस्सामा सुधार आएको हो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.