आईतवार, श्रावण ३,२०८३ 03:50:32
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:50:32
Bizshala
Global IME Bank Limited

ब्रोकरहरुद्वारा बैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा उपलब्ध गराउने घोषणा

ब्रोकरहरुद्वारा बैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा उपलब्ध गराउने घोषणा
New Office

काठमाण्डौ । सेयर  ब्रोकरहरुले लगानीकर्ताहरुलाई आगामी बैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा उपलब्ध गराइने घोषणा गरेका छन् ।  

ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले केहीबेरअघि एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो ।  

'नेपाल धितोपत्र बोर्डले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२ को निर्देशनअनुसार तथा नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ अनुसार धितोपत्र दलाल व्यवसायीहरुले पनि आफ्नो कार्यप्रक्रिया बनाउनुपर्ने थियो ।' विज्ञप्तिमा भनिएको छः 'सोहीअनुसार उक्त कार्यप्रक्रिया धितोपत्र दलाल व्यवसायीहरुले पनि तयार गरेर चैत १७ गते सुन्धारमा बसेको स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको कार्यसमितिको बैठकले अनुमोदन गरेको छ ।' 

एशोसिएसनका अनुसार हाल मार्जिन कारोबारसँग सम्बन्धित सबै प्रक्रिया पूरा गरेको भए पनि केही प्राविधिक विषय पनि मिलाउनुपर्ने भएका कारण आगामी नयाँ वर्ष २०८३ बैशाख २ गतेदेखि सबै मार्जिन कारोबार गर्न योग्य ब्रोकरहरुबाट यो सुविधा लगानीकतालाई उपलब्ध गराउने तयारी भइरहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.