काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आज(वैशाख २ गते) समाप्त हुने भएको छ ।
सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ७५ हजार कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।
उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।