बुधबार, श्रावण १३,२०८३ 10:15:54
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 10:15:54
Bizshala
Global IME Bank Limited

कोका–कोलाको ‘लोकली योर्स’ अभियान सुरु, स्थानीय व्यवसायी र समुदायको सम्मान

कोका–कोलाको ‘लोकली योर्स’ अभियान सुरु, स्थानीय व्यवसायी र समुदायको सम्मान
New Office

काठमाडौं । Coca-Cola ले नेपालका स्थानीय समुदाय तथा पुस्तौंदेखि समुदायको केन्द्रमा रहँदै आएका व्यवसायहरूको सम्मान गर्ने उद्देश्यसहित ‘लोकली योर्स’ (Locally Yours) अभियान सुरु गरेको छ।

कम्पनीका अनुसार अभियानले बिहान सबेरै पसल खोल्ने, ग्राहकलाई नामले चिन्ने, उनीहरूको रोजाइ सम्झने र समुदायको दैनिक जीवनसँग गहिरो सम्बन्ध बनाएका स्थानीय व्यवसायीहरूको योगदानलाई उजागर गर्ने लक्ष्य राखेको छ।

अभियानअन्तर्गत तयार गरिएका भिडियोमार्फत विभिन्न स्थानीय उद्यमी तथा साना व्यवसायीहरूको कथा प्रस्तुत गरिएको छ। कम्पनीले उनीहरूको व्यवसायिक यात्रासँगै संघर्ष, अनुभव र समुदायसँगको सम्बन्धलाई समेत अभियानमार्फत देखाइएको जनाएको छ।

कोका–कोलाले नेपालमा दशकौँदेखि स्थानीय व्यवसायीसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै यिनै व्यवसायीहरूले स्थानीय अर्थतन्त्र, रोजगारी तथा जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ। कम्पनीका अनुसार उनीहरूले नै कोका–कोलालाई देशभरका साझा खुसीका क्षणहरूसँग जोड्ने काम गरेका छन्।

यस अभियानबारे बोल्दै Chandrika Kalia ले स्थानीय व्यवसायहरू नेपालभरका समुदायको मेरुदण्ड भएको बताइन्। उनले ‘लोकली योर्स’ अभियानमार्फत उत्पादनभन्दा पर गएर विगत ५० वर्षभन्दा बढी समयदेखि कोका–कोलालाई नेपालीहरूको दैनिक जीवनको हिस्सा बनाउने व्यक्तिहरूलाई सम्मान गर्न खोजिएको उल्लेख गरिन्।

त्यसैगरी Bottlers Nepal Limited का प्रबन्ध निर्देशक Ajay Kanale ले टोल–छिमेकका साना व्यवसायीहरू व्यवसायको मात्र नभई समुदायको आधार स्तम्भसमेत रहेको बताए। उनले उनीहरूको मेहनत, सम्बन्ध र उद्यमशील सोचले मानिसहरूबीच सम्बन्ध जोड्ने काम गरेको र कोका–कोलालाई साझा खुसीको हिस्सा बनाएको धारणा राखे।

अभियानमा सहभागी व्यवसायीहरूले पनि कोका–कोला आफ्नो दैनिक जीवन, खानपान संस्कृति र जमघटको हिस्सा बनेको अनुभव साझा गरेका छन्। डल्ले रेष्टुरेन्टका सञ्चालक आलोक कोन्जनले सुरुदेखि नै कोक आफ्नो रेष्टुरेन्टको महत्वपूर्ण हिस्सा रहेको बताए।

त्यसैगरी शेर्पा जुस सेन्टरका सञ्चालक पासाङ शेर्पाले कोका–कोला अहिले बजारमा जताततै उपलब्ध हुने र ‘कोक पिउने संस्कार’ नै विकसित भइसकेको उल्लेख गरे।

कम्पनीका अनुसार ‘लोकली योर्स’ अभियानले स्थानीय व्यवसायीहरूको संघर्ष, नवप्रवर्तन र सामुदायिक गौरवका प्रेरणादायी कथालाई सम्मान गर्ने प्रयास गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.