काठमाण्डौ । युरोपेली अदालतलले कोलम्बियाका कुख्यात लागू औषध माफिया पाब्लो स्कोबारको नाम ट्रेडमार्कमा रुपमा दर्ता नगर्न निर्देशन दिएको छ । युरोपमा पाब्लो स्कोबारको नाम ट्रेडमार्कका रुपमा दर्ता गर्न पाब्लोका भाईले दिएको निवेदनलाई युरोपको अदालतले अस्विकार गरेको हो ।
युरोपको अदालतले इयुको बौद्धिक सम्पत्ति कार्यालय(ईयुआईपीओ)को यसअघिको निर्णयलाई सदर गर्दै स्कोबारको नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न नसकिने जनाएको हो । ईयुआईपीओ सन् २०२२ मा स्कोबारको नाम ट्रडमार्कको रुपमा दर्ता गर्न नसकिने फैसला गरेको थियो ।
ईयूआईपीओले पाब्लो एस्कोबारको नामलाई कोलम्बियामा गरिबहरूको पक्षमा उनको सम्भावित असल कार्यहरूसँग नभई लागूऔषधको तस्करी र नार्को–आतंकवाद र अपराध र त्यहाँबाट निम्त्याएको पीडासँग जोड्ने तथ्य फेला पारेकाले स्कोबारको नाम ट्रेर्डमार्कमा रुपमा दर्ता गर्न नसकिने जनाएको थियो ।
पाब्लो स्कोबारको नाममा उनका भाई रोर्बटो डि जिसस स्कोबार गाभिराले ‘स्कोबार इंक’ नामक कम्पनी स्थापना गरेका थिए । उनले आफ्ना दाईको आपराधिक संगठनमा संलग्न भएको आरोपमा १२ वर्ष जेल सजाय पाएका थिए ।
गाभिराले सन् २०२० मा उनको कम्पनीले फोल्ड गर्न मिल्ने ‘स्कोबार फोल्ड वान’नामक स्मार्टफोन लञ्च गर्ने बताएका थिए । कम्पनीको वेबसाइटका अनुसार अहिले कम्पनीले ‘स्कोबार क्यास’नामक क्रिप्टोकरेन्सी बिक्री गरिरहेको छ ।
पाब्लो स्कोबारले विश्वकै सबैभन्दा शक्तिशाली आपराधिक संगठन‘मिडिलिन कार्टेल’ सञ्चालन गरेका थिए । उनले सन् १९८७ कोकिनको तस्करी गरेर ३ बिलियन डलर आर्जन गरेको फोब्र्सले सन् १९८७ मा जनाएको थियो ।
स्कोबार जिवित छँदा र उनको मृत्युपछि कार्टेलसँग सम्बन्धित हिंसामा हजारौंले ज्यान गुमाएका थिए । स्कोबारलाई सन् १९९३ मा गोलि हानि हत्या गरिएको थियो । -एजेन्सी