Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 11:54:52
Bizshala
Global IME Bank Limited

धरानको भाटभटेनी सुपर स्टोर भदौ २४ गतेदेखि पुनः सञ्चालनमा आउने

धरानको भाटभटेनी सुपर स्टोर भदौ २४ गतेदेखि पुनः सञ्चालनमा आउने
New Office

काठमाण्डौ । धरानस्थित पुतली लाइनमा रहेको भाटभटेनी सुपर स्टोर भोलि अर्थात् भदौ २४ गते बुधबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ।

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोर पुनः सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिनेछ। ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता यथावत् रहेको उनले बताए।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

पुनः सञ्चालनको अवसरमा भाटभटेनीले आफ्ना सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति निरन्तर साथ, सहयोग र विश्वासका लागि आभार व्यक्त गरेको छ। 

साथै, आगामी दिनमा समेत ग्राहकहरूको निरन्तर साथ र सहयोग प्राप्त हुने अपेक्षा कम्पनीले गरेको छ।

स्टोर पुनः सञ्चालनसँगै धरान तथा आसपासका ग्राहकले भाटभटेनीबाट नियमित रूपमा दैनिक उपभोग्य वस्तुसहित विभिन्न सामग्री तथा सेवाहरू प्राप्त गर्न सक्नेछन्। कम्पनीले ग्राहकको सहजता र सन्तुष्टिलाई केन्द्रमा राख्दै सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.