Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 03:57:41
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बालेन र परराष्ट्रमन्त्री खनाल छुट्टाछुट्टै अमेरिका जाने, महासभालाई २४ सेप्टेम्बरमा सम्बोधन

प्रधानमन्त्री बालेन र परराष्ट्रमन्त्री खनाल छुट्टाछुट्टै अमेरिका जाने, महासभालाई २४ सेप्टेम्बरमा सम्बोधन
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह र परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन छुट्टाछुट्टै अमेरिका जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २१ मा न्यूयोर्क पुग्नेछन्। सेप्टेम्बर २२ देखि उच्चस्तरीय सम्मेलन तथा बैठकहरू सुरु हुने भएकाले उनी एक दिनअघि नै अमेरिका पुग्ने कार्यक्रम तय गरिएको हो।

प्रधानमन्त्री शाह भने सेप्टेम्बर २३ मा न्यूयोर्क पुग्नेछन्। उनले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनलगत्तै सेप्टेम्बर २५ मा उनी काठमाडौं फर्कनेछन्।

परराष्ट्रमन्त्री खनाल भने महासभासँगै अन्य उच्चस्तरीय बैठकहरूमा समेत सहभागी हुनेछन्। उनी सेप्टेम्बर २८ मा न्यूयोर्कबाट नेपालका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

नेपालले सुरुमा परराष्ट्रमन्त्रीस्तरमै महासभामा सहभागी हुने तयारी गरेको थियो र मन्त्रिपरिषद्ले पनि सोहीअनुसार निर्णय गरेको थियो। तर भदौ १० गतेको भोटेकोशी बाढीपछि जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउन प्रधानमन्त्री शाह स्वयं सहभागी हुनुपर्ने दबाब बढेपछि भ्रमण कार्यक्रम परिवर्तन गरिएको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

प्रधानमन्त्रीकै चाहनाअनुसार उनको भ्रमण छोटो बनाइएको बताइएको छ।

महासभामा सहभागी हुन नेपालबाट १५ सदस्यीय टोली अमेरिका जाने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। टोलीमा परराष्ट्र सचिव, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र मन्त्रालयका अधिकारी तथा प्रधानमन्त्रीका निजी सुरक्षाकर्मी रहनेछन्।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री शाहका साइडलाइन भेटवार्ताबारे भने अहिलेसम्म कुनै टुंगो लागेको छैन। त्यसैले हालसम्म कुनै द्विपक्षीय वा अन्य उच्चस्तरीय भेटघाट तय गरिएको छैन।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.