काठमाडौं। सानिमा बैंक लिमिटेडको सञ्चालकमा महेश घिमिरे र तेजबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।
बैंकको असोज १२ गते सम्पन्न वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरूको तर्फबाट (समूह ‘ख’) प्रतिनिधित्व गर्ने गरी घिमिरे र चन्द सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन्। उनीहरूको कार्यकाल आगामी ४ वर्षको रहने बैंकले जनाएको छ।
यस्तै, साधारणसभाले बैंकको आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि काठमाडौंस्थित एस.ए.आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।