सोमबार, कार्तिक १६,२०८३ 01:44:48
  • सोमबार, कार्तिक १६,२०८३ 01:44:48
Global IME Bank Limited

कामना सेवा विकास बैंकको फुटसल कप सिजन ६ सम्पन्न

Bizshala
कामना सेवा विकास बैंकको फुटसल कप सिजन ६ सम्पन्न
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘कामना सेवा फुटसल कप’को छैटौँ सिजन सम्पन्न भएको छ।

धन्यन्तरी फुटसलमा आइतबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृतलगायत विभिन्न विभागका विभागीय प्रमुख तथा कर्मचारीको उपस्थिति रहेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघ (नाफिज) तथा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)बीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। उक्त मैत्रीपूर्ण प्रतिस्पर्धाको उपाधि नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जितेको थियो।

मुख्य प्रतियोगिताको पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ।

महिलातर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आईएमई बैंकलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै यस सिजनको उपाधि आफ्नो नाममा गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

प्रतियोगिताको समापन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्य थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।

प्रतियोगिताले विभिन्न संस्थाका कर्मचारीलाई कार्यक्षेत्रभन्दा बाहिर खेलकुदमार्फत एउटै स्थानमा जोड्ने र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अवसरसमेत प्रदान गर्दै आएको बैंकले जनाएको छ।

बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रूपमा रक्तदान कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.