आईतवार, असार १५,२०८२ 02:05:14
  • आईतवार, असार १५,२०८२ 02:05:14
Global IME Bank Limited

कान्छा छोरोको बिहेमा पैसाको खोलो बगाउँदै मुकेश अम्बानी, एउटा निमन्त्रणा कार्डको मूल्य नै ७ लाख भारु

Hyundai Nepal
कान्छा छोरोको बिहेमा पैसाको खोलो बगाउँदै मुकेश अम्बानी, एउटा निमन्त्रणा कार्डको मूल्य नै ७ लाख भारु
Nabil Bank Limited

काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा छोराको बिहेको चर्चा पुनः हुन थालेको छ । यसअघि गत मार्च १ देखि ३ सम्म गुजरातको जामनगरमा भव्यताका सम्पन्न प्रि–वेईडिङ समारोहले विश्वभरको ध्यान तानेको थियो । अब भने जुलाई १२ मा हुन गईरहेको अनन्त अम्बानी र राधिका मचेन्टको विवाहको मिति नजिकिएसँगै विवाह समारोहको चर्चा पुनः हुन लागेको हो ।  

अनन्त र राधिकाको विवाह उत्सवको सुरुवात गत जुलाई ३ बाट मामेरु इभेन्टका साथ सुरु भईसकेको छ । यतिबेला यो  विवाहको निमन्त्रणा कार्ड र खर्चका बारेमा चर्चा भईरहेको छ । अनन्तको विवाहमा मुकेश अम्बानीले जमेर खर्च गरिरहेका छन् ।  

आगामी १२ जुलाईमा मुम्बईमा हुन गईरहेको समारोहमा अनन्त र राधिका विवाह बन्धनमा बाधिदैछन् । यो विवाहको निमन्त्रणा कार्ड बाड्न सुरु भईसकेको छ । यो कार्डको लुक्स र यसको मूल्यलाई लिएर यतिेबला सामाजिक सञ्चाल तातेको छ । यो कार्य एउटा मन्दिरको आकारमा बनाइएको छ । जसमा सुन र चाँदीको सानो मुर्ति पनि छ । यो कार्ड एउटा सुनौलो रंगको बाकसमा राखिएको छ । जसलाई खोल्ने बित्तिकै भगवान विष्णुको तस्बिर देखिन्छ । त्यसलाई हटाएपछि मन्त्र धुन बज्छ । यसपछि अगाडीको भाग खोल्दा एउटा चाँदीको बाकस देखिन्छ । जसमा केहि गिफ्ट र निमन्त्रणा पत्र राखिएको छ । यसमा भगवान गणेशदेखि लिएर राधा–कृष्णसम्मको साना मूर्ति रािखएको छ । जुन सुन र चाँदीबाट बनेका हु्न् । यो कार्डको मूल्यका बारेमा कुने आधिकारीक खुलासा भएको छैन । तरपनि यो कार्डको अनुमानित लागत ६ देखि ७ लाख भारु रहेको जनाइएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि गत मार्च १ देखि ३ सम्म भएको प्रि–वेईडिङ समारोहमा मार्क जुकरबर्ग, बिलगेट्स देखि लिएर रिहाना जस्ता व्यक्तित्व सहभागी भएका थिए । ३ दिनसम्म चलेको उक्त समारोहमा करिब १ हजार करोड भारु खर्च गरिएको थियो । उक्त समारोहका क्रममा जामनगर विमानस्थलमा करिब साढे ३ सय विमान आएका थिए ।  

जामनगरपश्चात दोस्रो प्रि–वेइडिङ पार्टी इटलीको क्रुजमा भएको थियो । यो समारोहमा अम्बानी परिवारले १० वटा विमान चार्टर गरेको थियो । यो समारोहमा अम्बानी परिवार,व्यवसायिक साझेदार,डान्सर र इभेन्टका स्टाफ सहभागी भएका थिए । यो समारोहमा रोल्स–रोयसदेखि लिएर बन्ट्ले र मर्सिडिज जस्ता १५० वटा लक्जरी कारहरुको व्यवस्था गरिएको थियो ।  

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र निता अम्बानीले आफ्नो कान्छो छोराको विवाह समारोहमा कुने पनि कमी हुन दिएका छैनन् । ब्लूमबर्ग बिलिनियर्स इनडेक्सका अनुसार मुकेश अम्बानीको कुल सम्पत्ति ११८ अर्ब डलर छ । उनी विश्वको १२ औं धनी हुन् । यो वर्ष अम्बानीको सम्पत्तिमा व्यापक उछाल आएको छ । यो वर्ष उनको सम्पत्ति २१.२ अर्ब डलरले वृद्धि भएको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.