बुधबार, माघ २३,२०८१ 04:29:01
IME remit
  • बुधबार, माघ २३,२०८१ 04:29:01
IME remit
Global IME Bank Limited

कसरी गर्ने सेयर बजारमा लगानी ? यी कुरामा ध्यान दिनुहोस् !

Hyundai Nepal
कसरी गर्ने सेयर बजारमा लगानी ? यी कुरामा ध्यान दिनुहोस् !
Nabil Bank Limited

काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा आम मानिसको चासो बढ्दै गएको छ। जस्तै डिम्याट लिनेको सङ्ख्या बढेको छ। यसले सेयर बजारप्रति सामान्य मानिसको चासो बढेको देखिन्छ। यो आफैमा राम्रो कुरा हो। यति भन्दै गर्दा सेयर बजार आफैमा जोखिम क्षेत्र पनि हो। जो नयाँ लगानीकर्ता हुनुहुन्छ उहाँहरुले सेयर बजारसम्बन्धी थाहा पाउन जरुरी छ।

हरेक समूहका कम्पनीहरुको वित्तीय विवरण फरक हुन्छन्। बीमा कम्पनीहरुको वित्तीय विवरण प्रस्तुत गर्ने शैली, बैंकहरुको वा जलविद्युत् कम्पनीको सबैको आ-आफ्नै किसिमका हुन्छन्। तर, सबै कम्पनीहरुले केही समान किसिमका वित्तीय सुचकहरु दिएको पाइन्छ। 

यी सूचक सेयर लगानीकर्ताको लागि लगानी रणनीति बनाउन पनि उत्तिकै सहयोगी हुने गर्छन्। त्यसैले यी चार सूचकलाई लगानी गर्नुअघि ध्यान दिनु आवश्यक छ। जुन तल उल्लेख छन् :

१.प्रतिसेयर आम्दानी

प्रतिसेयर आम्दानीले प्रतिकित्ता सेयर बराबर कम्पनीले कति आम्दानी गर्‍यो भन्ने देखाउँछ। यो दर निकाल्ने निश्चित शुत्र हुन्छ। कम्पनीले गर्ने बाषिर्क आम्दानी (हिसाब गर्न लिइने नयाा त्रैमाशको नाफा र गत वर्ष अन्त्यको नाफामा अघिल्लो त्रैमाशको नाफा घटाएर आउने पिरणाम) लाई कायम सेयर संख्याले भाग गरेर निकालिन्छ। दुबै त्रैमाशिक नाफा भने एउटै अवधिको हुनुपर्छ। अर्थात् माथिको सूत्र अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको नाफा लिदा गत वर्ष अन्त्यको नाफामा घटाउन गत आर्थिक वर्षको पहिलो त्रैमासकै नाफा लिनुपर्छ। यसरी निकालिएको प्रतिसेयर आम्दानी तीन महिनासम्म उपयुक्त हुन्छ। यसलाई बार्षिकीकरण गर्ने हो भने फरक सूत्र प्रयोग गर्नुपर्छ। यद्यपि सेयरका लगानी गर्नेहरुको लागि तीनरतीन महिनामा निकालिने प्रतिसेयर आम्दानी बढि महत्वपूर्ण हुन्छ।

यो सूचकमा कसरी चल्छन् ?

 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुनै वाणिज्य बैंकले यो सुचकमा पनि झुक्याउने प्रयास गरेको थियो। बैंकले जारी गर्न बाकी रहेको सेयरको लागि संस्थापकबाट उठाएको रकम चुक्ता पूाजीमा जोडिसकेको थियो भने प्रतिसेयर आम्दानी घट्ने डरले यो थपिएको पुाजीलाई समायोजन गरेको थिएन। कम्पनीले यसको वास्तविक जानकारी पनि दिएको थिएन। सञ्चारमाध्यमहरुले प्रश्न उठाएपछि मात्रै यसबारे प्रष्ट्याउादै सार्वजनिक रुपमा सूचना नै प्रकाशित गरेको थियो। कम्पनीहरुबीच यो दर तुलना गर्न उपयुक्त हुन्छ। जुन कम्पनीको यस्तो दर वृद्धि भइरहेको छ, त्यस्तो संस्थामा लगानी गर्नु उपयुक्त हुन्छ। यसले कम्पनीको कमाइ राम्रो भइरहेको र लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्ने अवस्था रहेको संकेत गर्छ।

२.मूल्य आम्दानी अनुपात

यो अनुपात पनि सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ। यसले संस्थाले कमाएको १ रुपैयालाई लगानीकर्ताले कति रुपैँया तिरिरहेका छन् भन्ने देखाउँछ। यसको हिसाब गर्दा सेयर बजारमा कारोबार हुादा कायम भएको पछिल्लो मूल्यलाई लिइन्छ। सो मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर निकालिन्छ। कम्पनीले तीनरतीन महिनामा यस्तो विवरण दिने गरे पनि लगानीकर्ताले जहिले चााह्यो त्यहिले यो सूचक हिसाब गरेर पछिल्लो अवस्था थाहा पाउन सक्छ।

प्रतिसेयर आम्दानी पनि माथि भनिए जसरी अद्यावधिक गरेर निकालियो भने मूल्य आम्दानी अनुपात पनि अझ वास्तविक निस्कन्छ ।यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ। अहिले कतिपय कम्पनीको मूल्य आम्दानी अनुपात १ सय माथिसम्म हुने गरेको छ। सिद्धान्ततः यो राम्रो मानिादैन । तर पनि सम्भावना भएका कम्पनीमा लगानीकर्ताको आकर्षण धेरै देखिने भएकाले बजारमा उनीहरुले मूल्य बढी तिरिरहेको हुन सक्छ। यसमा याद गर्नुपर्ने पक्ष के हो भने यस्तो सेयरमा जोखिम पनि धेरै हुन्छ ।

३.प्रतिसेयर नेटवर्थ

प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ कि छैन भनेर मूल्यांकन गर्न सकिन्छ। यो दरमा वृद्धि हुनु नै राम्रो मानिन्छ। यो दर वृद्धि हुनुले उसको दायित्व घटिरहेको छ भन्ने देखाउाछ। यदि यो सूचक नकारात्मक भएमा भने कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ। प्रतिसेयर नेटवर्थ निकाल्ने पनि सूत्र हुन्छ। यसको हिसाब गर्दा कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउने र आउने परिणामलाई कुल सेयर संख्याले भाग गर्नुपर्छ।

४.सेयरमा प्रतिफल

एक कित्ता सेयरमा कति प्रतिफल भयो भन्ने यसले देखाउाछ। यसको हिसाब गर्ने तरिका विभिन्न छन्। कम्पनीको खुद आम्दानीलाई सेयर संख्याले भाग गरेर पनि यो दर निकाल्न सकिन्छ। यो दर पनि वृद्धि हुनु राम्रो मानिन्छ।

Bizshala
CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.