ईभी प्रवद्र्धनको नीतिमा सरकारको ‘ब्याक गियर’, इन्धनलाई नै प्राथमिकतामा राखिँदै
काठमाण्डौ । नेपालमा न इन्धनको स्रोत, न आर्थिक रुपमा आत्मनिर्भर । नेपालसँग भएको प्रचुर सम्भावना भनेको अत्यधिक विद्युत उत्पादन, विद्युतीय सवारीमा जोड र बढी भएको बिजुली बिक्री नै हो । नेपालको प्राकृतिक सम्भावनाले नै भन्छ, नेपालले प्रशस्त बिजुली उत्पादन गरेर देशमा चल्ने अधिक भन्दा अधिक सवारी साधन विद्युतीय बनाउनुपर्छ । पछिल्लो पुस्तालाई पछिल्ला केही वर्षदेखि मात्रै...

